22 Nov 2025, Saturday

रारातालमा डुबेर युवकको मृत्यु

   2024-07-04 14:06:08 | जय राम बि क

मुगु । रारातालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर एक युवकको मृत्यु भएको छ ।

रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका -५ का २१ वर्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो ।

मृतक रावल रारा ताल किनारमा निर्माणाधिन साइकललेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरु सङ्ग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिनुभयो ।

दिउँसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट उद्दारका लागि नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगि शव तालबाट बाहिर निकालिएको थियो ।

घटनाको मुचुल्का पछि शवको पोस्टमाटमका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया


चर्चामा