22 Nov 2025, Saturday

अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार दुरुपयोग भएको भन्दै हेड नेपालद्वार जिल्ला प्रशासन कार्यालयमा र स्थानीय पालिकाहरुमा ज्ञापन–प्रत्र 

   2023-09-21 06:23:04 |


जयराम बिक
मुगु । मुगु जिल्लमा कार्यरत अपाङ्गता सम्वन्धी काम गर्ने हेड नेपालको सहजीकरणमा दुई  २ दिन अपाङ्गता समावेशी पैरवी र अधिकार, राज्यबाट पाउने सेवा सुबिधामा, गैर सरकारी महांसघ, गैर सरकारी संस्था नागरिक समाज, पत्रकार, अपाङ्गता संजाल, सहभागीतामा भएको तालिमाबाट अपाङ्गता भएको ब्यत्तिको दुरुपयोग गरी अपाङ्गता नभका मानिसहरुले अपाङ्गताको नाम लिई राज्य कोष बाट पाउने सेवा सुबिधा अधिकारको चरम दुरुपयोग भएको भनी जिल्लाका सरकार वाला निकायमा अपाङ्गता क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र भएको कारणले गर्दा अपाङ्गता भएका नागरिकहरुको हक अधिकार संरक्षण प्रवर्धनका लागि विशेष गरी कानूनका अगाडि समानताको सिद्दान्तका आधारमा अपाङ्गताको सवालमा विशेष कानून र अपांगमैत्री कानूनको निर्माण गर्नु अपरिहार्य हो ।

अपाङ्गता भएका नागरिक समाजका सबै भन्दा पछाडी परेका नागरिक हुन, अपाङ्गता भएका नागरिकलाई राज्यले दिएको अधिकार पूर्ण रुपमा कार्यन्वयन हुनु पर्दछ, भनी कानून बाध्यात्मक बन्नु भन्दै नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्ल ज्यूको अगुवाइमा १९ वटा माग सहित जिल्लामा अब भन्ने भौतिक संरचना देखि स्थानिय तहमा सेवा प्रवाहको कुरामा अपाङ्गतालाई बिषेश प्रकारले सेवा प्रवाह हुनु पर्छ भन्दै ४ वटा कार्ययोजना सहित जिल्ला प्रशासन कार्यलय,चारै स्थिानिय तहमा पुर्णरुमा बजेट छुट्याई अपाङ्गता ऐन हरु बनाई पुर्ण रुपमा कार्यन्वयन गनुपर्ने माग गदै ज्ञापन प्रत्र बुझाएका छन । 

त्यस्तै राज्य बाट पाउने अपाङ्गता भएका ब्याक्तिहरुको पहिचान गरि गाडि भाडा पेलेन भाडा दर छुट गरी औषधि उपचामा पनि छुट हुनु पर्छ भन्दै  डाडो नेपाल मुगु कि उपाध्यक्ष हांसादेबि बिकले बताइन् । आफु शारिरिक अपाङ्गता भएको भन्दै गाडि पेलेनको छुट त परकै कुरा हो हामीलाई प्रथामिकता नै नदिएको उनको भनाई थियो । 

साथै स्थानीय तहका सामुदायिक बिद्यालयमाहरुमा अब बन्ने पाठ्यक्रममा अपाङ्गता बर्गिकरण प्रकार हक अधिकार र साङेकेतिक भाषामा समेत शिक्षण हुनुपर्ने जिल्ला बहिरा संघका अध्यक्ष भानुभक्त रोकायाले बताए । 

तपाईको प्रतिक्रिया


चर्चामा