22 Nov 2025, Saturday

डिजिटल बैंकिङको थप लाइसेन्स नबाँड्न आग्रह

   2023-07-30 10:43:28 |


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफीन) ले डिजिटल बैंकिङको थप लाइसेन्स नबाँड्न केन्द्रीय बैंकसँग माग गरेको छ । 

हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको अवस्था साँघुरिँदै गएको अवस्थामा स्वयम बैंकहरुले डिजिटल सेवा दिइरहेकामा थप सेवा प्रदायकहरुको आवश्यक नरहेको सीबीफीनले बताएको हो ।

खासगरी भुक्तानीका साधानहरु थप गर्न आवश्यक नरहेको सीबीफीनको भनाइ छ । 

हाल भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) गर्ने १० वटा कम्पनीसँगै भुक्तानी सेवा प्रदायक (पीएसपी) गर्ने २७ वटा कम्पनीहरु सञ्चालनमा रहेका छन् । 

यी कम्पनीहरु नै प्राप्त भएकाले थप भुक्तानी सेवा प्रदायक कम्पनीका लागि लाइसेन्स नखुलाउन सीबीफीनले केन्द्रीय बैंकसँग आग्रह गरेको हो । 

तपाईको प्रतिक्रिया


चर्चामा