२०४३ सालमा एस एल सि उत्तिर्ण भएका शाही शिक्षक पेशामा संलग्न
११ वर्ष शिक्षक पेशा गरिरहँदा १९ वटा विध्यालयमा सरुवा हुनु मगल बहादुर शाहीको राजनितिक बाध्यता थियो । २०४४ सालमा उच्च शिक्षा अध्ययन गर्न नेपाल ल क्याम्पसमा भर्ना भइ काठमाण्डौंको नेपाल ल क्याम्पसमा अध्ययनको क्रममा अनेरास्ववियू -पाँचौं_ मा संगठित भइ अनेरास्ववियूको पाँचौं महादिवेशनमा मुगु जिल्लाको प्रतिनिधित्व गरी सहभागी भएको बताउनु भयो । संगठनको जीम्मेवारी बहन गर्ने शिलसिलामा छैटौं महाधिवेशनमा समेत सहभागी भएको । २०४७ बाट नेकपा मालेमा संगठित भइ पार्टीगत राजनितिक यात्रा शुरु ।
शाहीको राजनितीक यात्रा
- २०४६ बाट शिक्षक भएर पेशागत रुपमा पनि ने रा शि सं मा संगठित भएको । २०५६ सालमा नेकपा एमालेको संगठित सदस्य भइ २०५६ सालमा मुगु जिल्ला इलाका नं ५ को इलाका कमिटि सचिव ।
- स्थायी शिक्षक पेशा त्यागी २०५८ भदौमा तत्कालिन नेकपा माअोवादी को महान जनयुद्धमा सहभागी भइ भुमिगत राजनैतिक यात्रा प्रारम्भ ।
- २०५९ श्रावण देखी नेकपा माअोवादी हुम्ला+मुगु एरिया नं ५ को एरिया सेक्रेटरी ।
- २०६० कार्तिकबाट नेकपा माअोवादी हुम्ला+मुगु जिल्ला कमिटि सदस्य एवं एरिया नं १ को एरिया इन्चार्ज ।
- २०६० फागुनबाट नेकपा माअोवादी हुम्ला+मुगु जिल्ला कमिटि सचिवालय सदस्य ।
- २०६१ सालमा ने रा शिक्षाक संगठनको जिल्ला अध्यक्ष हुदै केन्द्रीय सदस्य एवं मुगु जिल्ला फ्रयाक्शन इन्चार्ज ।
- २०६४ सालमा सोही पार्टीको केन्द्रीय सदस्य भइ हाल सम्म पार्टीको जिल्ला इन्चार्जको जीम्म्वारी सम्हाल्दै अाएको।
- २०७९ मंसिर ४ को संघ प्रदेशको निर्वाचनमा मुगु जिल्ला प्रदेश ख बाट प्रत्यक्ष माननीयमा निर्वाचित भइ २०८० माघ २९ गते भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको पदभार ग्रहण गर्नु भएको ।
जनयुद्धका क्रममा २०६० सालमा नयाँ छलाङ्ग अभियानमा डोल्पाको माझफाल घट्नामा ३ जना सहयोध्धाको शाही सेना द्वारा हत्या हुँदा शाही घेरा तोड्न सफल भएका थिए। बर्दियामा शाही सेनाको घेराबन्दीबाट बचेको पनी उहाँले बताउनु भएको छ ।
राजनैतिक तथा सामाजिक सेवाका लागी गरिएको योगदान
- गमगढी नाक्चेलाग्ना सडक आयोजना स्थापनाको लागी नेतृत्वदायी भुमिका रहेको ।
- मुगुम कार्मारोङ्ग गाउँपालिकामा सम्पूर्ण वालवालिकाहरुलाइ निशुल्क शिक्षा उपलब्ध गराउन सरकारी अवासिय विद्यालय स्थापनाको नेतृत्वदायी भुमिका रही आवासिय विद्यालय स्थापना र सञ्चालन गराएको ।
- तत्कालिन अवस्थामा मुगु जिल्लाको मा वि गम्था एन एमत कार्यक्रम सञ्चालनको लागी निर्णय गराउन र सञ्चालनमा मुख्य भुमिका निर्वाह गरेको ।
- सामुहिक कृषि फम स्थापना र सञ्चालनको नेतृत्व गरी नमुनायोग्य कार्यसञ्चालन भइरहेको ।
- सोरु गाउँपालिकाका ४ वटा वडाका जनतालाइ खानेपानी सुविधाका लागी वृहत खानेपानी आयोजनाको नेतृत्वदायी भुमिका पुरा गरेको ।
अगामी लक्ष
- जिल्लाका पालिका केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने ।
- जिल्लाका वडा केन्द्र जोड्ने सडकलाई ग्रावेल गर्ने ।
- जिल्लाका सबै गाउँ बस्तिहरुलाई सडक सञ्जालमा जोड्ने ।
- जिल्लाका सबै गाउँ बस्तिहरुलाई राष्ट्रिय प्रशारण लाईन वा स्थानीय उत्पादनबाटबिजेली सेवा उपलब्ध गराउने ।
- एक घर एक धारा मार्फत स्वच्छ खानेपानी उपलब्ध गराउने ।
- ब्यबसायिक कृषि मार्फत स्वरोजगार सृजना गरी कृषि उत्पादनलाई बृद्धी गर्ने र गरिवी र बेरोजगारी अवस्था न्यून गर्ने ।
- रारा छाँयानाथ, चंखेली, खेस्मालिका जस्ता प्राकृतिक र धार्मिक स्थलको पर्यटकीय पूर्वाधारको विकास गरी मुगु जिल्लालाई पर्यटकीय गन्तब्य स्थानको रुपमा विकास गर्ने ।
- उत्तरी छिमेकी देश चिन सँग जाड्ने नाक्चेलाग्ना सडक निर्माण गरी उक्त नाकाालाई बैधानिक रुपमा संचालनमा ल्याउने ।
- मुगु जिल्ला अस्पताललाई ५० सैयाको अस्पतालमा स्तरोन्नती गरी विशेषज्ञ सेवा उपलब्ध गराउने र पालिका अस्पतालहरुको निर्माण कार्य छिटो सम्पन्न गरि जनतालाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने ।
- गुणस्तरीय शिक्षाको लागी नमुना विद्यालयको अवधारणा अनुरुप क्रमशः सबै विद्यालयहरुको शिक्षाको गुणस्तरमा बृद्धि गर्ने ।
- मुगुजिल्लामा रहेको आवासिय विद्यालयको शैक्षिक र पूर्वाधार लगायतको विकास गरी शिक्षाको गुणस्तरमा विकास गर्ने ।
- बाँझो जग्गा र प्रयाप्त सिचाई सुबिधा उपलब्ध नभएको खेतीयोग्य जमिनमा सिचाईको ब्यवस्था गरी कृषि उत्पादन बृद्धि गर्ने ।